२० वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्क विहीन थिए दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल
२० वैशाख, हुम्ला । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । अब गाउँपालिकाभित्रका सेवाग्राहीहरुका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल
२० वैशाख, सिन्धुपाल्चोक । परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि
२० वैशाख, एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना यात्रुको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै प्रान्तीय राजधानी पुल–ए–खुम्रीबाहिर ख्वाजा अलवान क्षेत्रमा मङ्गलबार बिहान ट्रकले कारलाई ठक्कर दिँदा एक महिला र एक बालकसहित छ जनाको
२० वैशाख, पाल्पा । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन् । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनि अहिले २४ वर्षका भए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड
२० वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने
२० वैशाख, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजना छनोटका लागि स्थानीय तहमा छलफल सुरुआत गरेको छ । यसका लागि उसले कैलालीको टीकापुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा कैलाली क्षेत्र नं १ का प्रदेश सभासद, टीकापुर, जानकी र जोशीपुरका पालिका प्रमुख, भौतिक पूर्वाधार
२० वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ
२० वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार
२० वैशाख, सुर्खेत । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीर्ला बेवास्ता गरेर एकलौटी रुपमा सरकार