८ वैशाख, स्याङ्जा । सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ,
८ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा
८ वैशाख, एजेन्सी । युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको
८ वैशाख, लमजुङ । डुम्रे बेँसीसरह सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे बेँसीसरह चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “ सडक मर्मत
८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको जानकारी दिइएको छ । उनीहरूबिच समसामयिक विषयहरूमा छलफल भइरहेको बताइएको छ ।
८ वैशाख, काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन
८ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार
८ वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ। द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन
८ वैशाख, कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ ।
८ वैशाख, काठमाडाैँ । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भेरिफाइड अकाउन्टको ब्लु टिक हटाएको छ । ट्विटरले तोकेको शुल्क नतिर्ने ट्विटर ह्याण्डलका ब्लु टिक हटाइएको हो । बिहीबार हजारौं खाताहरूबाट एक पटक प्रतिष्ठित नीलो चेक प्रमाणीकरण हटाउन थालेपछि विश्वभरका चर्चित व्यक्तिहरूको ब्लु टिक हराएको हो । ट्विटरका मालिका एलन मस्कले सोशल