Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

स्याङ्जामा डढेलोले खायो ६२ वन


८ वैशाख, स्याङ्जा । सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।

अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला÷फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा÷हरिनासका पाँच, गल्याङ÷कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । ११ वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एकवटा सब डिभिजन रहेका छन् ।

उहाँका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् । वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा÷हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ÷कालीगण्डकीका १०, आँधीखोला÷फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताउनुभयो ।

“डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ”, उनले भने, “सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजङ्गल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ ।” डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई उपकरणहरु उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताए । वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ । देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उहाँले जानकारी दिए ।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जङ्गली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?