Trending
>>   आज मिति २०८२ साल वैशाख ०६ गते शनिबार ,हेर्नुहोस् आजको राशिफल >>   यस्ता छन् औषधीय गुण भएको सिप्लिगानको ७ फाइदाहरु (प्रयोग गर्ने तरिका सहित ) >>   आज मिति २०८२ साल वैशाख ०५ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने >>   आज मिति २०८२ साल वैशाख ०४ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने >>   प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट >>   सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा >>   देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी >>   मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
Logo
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु


८ वैशाख, एजेन्सी । युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको हो ।

हुथीका एक सुरक्षा अधिकारीका अनुसार राजधानी यमनको बाब अल–यमन जिल्लामा भएको भागदौडमा परी कम्तीमा ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका छन् । उनले भने, “मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।” अर्का एक स्वास्थ्य अधिकारीले मृतकको उक्त सङ्ख्या पुष्टि गरेका छन् ।

हुथीको नियन्त्रणमा रहेको सानास्थित एएफपीका एक संवाददाताका अनुसार यो घटना एक विद्यालयभित्र भएको हो, जहाँ सहायता वितरण भइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार गरिबीको चपेटामा परेको यस देशमा सयौं मानिसहरू खाद्यान्न लगायतका आधारभूत समग्रीको सहयोग लिन भेला भएका थिए ।

हुथी विद्रोहीको अल मसिराह टिभी च्यानलले प्रसारण गरेको एक भिडियोमा शवहरूलाई एकसाथ पोको पारिएको देखिएको छ र मानिसहरू उक्त स्थानमा एक अर्कामाथि चढेर आफ्नो बाटो बनाउने प्रयास गरिरहेका छन् ।

धेरैको मुख अरूको हातले छोपेको थियो भने बाँकी शरीर घना भीडले ढाकेको फुटेजमा देखाइएको छ ।

सैनिक पोसाकमा सजिएका सशस्त्र लडाकुहरू र वितरण कर्मीहरूले भीडलाई चिच्याउँदै मानिसहरूलाई भागदौडबाट बाहिर निकाल्ने क्रममा पछाडि फर्कन आग्रह गरे।

हुथीको गृह मन्त्रालयले विद्रोहीको समाचार संस्था सबाद्वारा जारी गरेको विज्ञप्तिमा मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र वितरणमा जिम्मेवार व्यक्तिहरूलाई हिरासतमा लिइएको जनाएको छ ।

मन्त्रालयले यकिन सङ्ख्या भने नदिएको तर केही व्यापारीले अनियमित रूपमा रकम वितरण गर्ने क्रममा भागदौड मच्चिँदा दर्जनौं व्यक्तिको मृत्यु भएको जनाएको छ ।

हुथीका राजनीतिक प्रमुख महदी अल मशातले घटनाको छानबिनका लागि एक समिति गठन गरिएको बताएका छन् ।

हुथीका एक सुरक्षा अधिकारीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।

मृतक र घाइतेलाई भेट्न उच्च अधिकारीहरू पनि गएकाले धेरैलाई अस्पताल जान दिइएन ।

सानामा एएफपीका एक संवाददाताले अस्पतालको एउटा प्रवेशद्वारमा ठूलो भीड ओर्लेको देखेको बताए ।

समाचारदाताका अनुसार घटना भएको विद्यालय वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उनीहरूले मृतकका प्रियजनहरूलाई आफन्तहरूलाई खोज्न अस्पतालभित्र पस्न दिएका छैनन् ।

अल मसिराह टिभीमा प्रसारित फुटेजमा परिसरभरि लासहरू छरपस्ट भएको देखिएको छ, जुन क्षेत्र खाली भएपछि चप्पल र कपडाको टुक्राले भरिएको थियो ।

यमनमा आठ वर्षभन्दा बढी समयदेखि जारी गृहयुद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराब मानवीय त्रासदीको रूपमा व्याख्या गरेको छ ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानालाई कब्जामा लिएपछि द्वन्द्व सुरु भएको थियो, जसका कारण साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्न अर्को वर्ष हस्तक्षेप गरेको थियो ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको ६ महिना लामो युद्धविरामको समयावधि अक्टोबरमा सकिएपछि पनि युद्ध नाटकीय रूपमा कम भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हुथी नियन्त्रित क्षेत्रका सरकारी कर्मचारीसहित दुई तिहाइभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष दुई करोड १७ लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।

भागदौडको त्रासदीले देशका युद्धरत पक्षहरूबीच ठूलो सङ्ख्यामा कैदीहरूको आदानप्रदानबाट प्राप्त उत्साहलाई कम गरेको छ । गत सप्ताह अन्तमा लगभग ९०० कैदीहरू रिहा भएका थिए ।
सोमबार साउदी अरबबाट यमनका १०० भन्दा बढी अन्य युद्धबन्दीलाई उद्धार गरिएको थियो ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?