Trending
>>   आज मिति २०८२ साल साउन १५ गते बिहीबार,हेर्नूहोस् आजको राशिफल >>   दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने (तस्बिरसहित) >>   एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं : प्रशिक्षक गुरुङ >>   वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्ः अनसनरत प्रमुख भट्टराई >>   “समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री >>   चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा >>   सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छः प्रधानमन्त्री >>   शिक्षा, स्वास्थ्य र मानव सूचकाङ्कमा सरकारले गरेको प्रगतिको कारण विकासशील राष्ट्रमा स्तरोन्नति सम्भवः प्रधानमन्त्री >>   समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति हुनुलाई गम्भीर रुपमा लिन आग्रह >>   २०२६ को नोभेम्बर २४ मा नेपाल विकासशिल राष्ट्रमा उन्नति हुँदै : कम विकसित देशका नागरिकको…
Logo
१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

समाचार


सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

२३ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो

चैत ३० गते निर्वाचन गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

२३ चैत्र, काठमाडाैँ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का

उपसचिव र शाखा अधिकृतलाई एक महिनाभित्र वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी

२३ चैत्र, काठमाडाैँ । राष्ट्रिय किताबखाना (निजामती)ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो । किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार

भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि

२३ चैत्र, भक्तपुर । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो। भक्तपुर आउने आन्तरिक तथा

एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका नक्कली परीक्षार्थीको आशंकामा ५२ जना पक्राउ

२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन सुरु

२३ चैत्र, लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ। नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे।

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड

२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

२३ चैत्र, काठमाडाैँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । केहीबेर अघि सुरू भएको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिइएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल बनाइएको थियो । कार्यदलले विभिन्न ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा बनाएको

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको प्रतिवेदन पेश गर्ने

२३ चैत्र, काठमाडाैँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।  

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धाेका मिल्ने याेग छ। वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्।

सम्वन्धित समाचारहरु