Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपाल र युएईबिचको फाइनल खेल स्थगित, मंगलबार आजकै स्थितिबाट सुरू हुने


१८ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबिचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल नहुने भएपछि आजका लागि खेल स्थगित गरिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले कमजोर प्रदर्शन गर्दै २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको छ ।

मंगलबार आजकै स्थितिबाट खेल पुनः सुरू हुनेछ । अर्थात् मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ ।

भोली पनि वर्षाका कारण खेल हुन नसके सुपर ओभरबाट नतिजा निकालिनेछ । यदि सुपर ओभर पनि सञ्चालन नहुने भएमा यो खेल नतिजाविहीन हुँदा नेपाल एसिया कपमा पुग्नेछ ।

खेल रद्द हुँदा ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्ने समीकरण बन्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?