Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाल र युएईबिचको फाइनल खेल स्थगित, मंगलबार आजकै स्थितिबाट सुरू हुने


१८ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबिचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल नहुने भएपछि आजका लागि खेल स्थगित गरिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले कमजोर प्रदर्शन गर्दै २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको छ ।

मंगलबार आजकै स्थितिबाट खेल पुनः सुरू हुनेछ । अर्थात् मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ ।

भोली पनि वर्षाका कारण खेल हुन नसके सुपर ओभरबाट नतिजा निकालिनेछ । यदि सुपर ओभर पनि सञ्चालन नहुने भएमा यो खेल नतिजाविहीन हुँदा नेपाल एसिया कपमा पुग्नेछ ।

खेल रद्द हुँदा ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्ने समीकरण बन्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?