१८ वैशाख, काठमाडाैँ । रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउन निर्देशन दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।
यसअघि संसदीय दल नेता रहेका उपसभापति डिपी अर्यालले पदबाट राजीनामा दिइसकेका छन् ।
रवि लामिछाने रास्वपाका सभापति हुन् । उनी गत वैशाख १० मा भएको उपनिर्वाचनबाट संसद्मा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार