Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार मात्रै गर्ने


१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने कि नहुनेबारे निर्णय शुक्रबार मात्रै लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटिको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखेको र शुक्रबार निर्णय लिइने महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

‘पार्टी सरकारमा जाने वा नजानेबारे आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दल बैठक गरेर निर्णय लिन्छौं। सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय वैशाख २२ गते हुन्छ।’ उनले भने ।

रास्वपा सरकारमा सहभागी नभएता पनि समर्थन भने गरिरहेको छ ।

आइतबार प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको थियो । उक्त भेटमा सरकारमा सहभागी हुन प्रचण्डले सभापति लामिछानेसँग धारण व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?