Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार मात्रै गर्ने


१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने कि नहुनेबारे निर्णय शुक्रबार मात्रै लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटिको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखेको र शुक्रबार निर्णय लिइने महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

‘पार्टी सरकारमा जाने वा नजानेबारे आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दल बैठक गरेर निर्णय लिन्छौं। सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय वैशाख २२ गते हुन्छ।’ उनले भने ।

रास्वपा सरकारमा सहभागी नभएता पनि समर्थन भने गरिरहेको छ ।

आइतबार प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको थियो । उक्त भेटमा सरकारमा सहभागी हुन प्रचण्डले सभापति लामिछानेसँग धारण व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?