७ असार, काठमाडाैँ । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले
७ असार, काठमाडाैँ । अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन् । बैंकिङ क्षेत्रमा चर्चित शाह केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले पार्टी दर्ता भएको एक वर्ष पुगेको
७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटबार्ता भएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेट वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल
७ असार, एजेन्सी । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गरेकी हुन्
७ असार, लुम्बिनी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ। प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार
७ असार, काठमाडाैँ । डिजिटल वालेट कम्पनी ई–सेवा र एभरेष्ट बैंकले सहकार्यको सम्झाैता गरेका छन् । यो सहकार्यसँगै ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत सहजै झिक्न सक्ने भएका छन् । ई–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा एटीएम कार्ड समेत नचाहिने बताइएको छ । मोबाइलमा आउने ओटीपीमार्फत प्रयोगकर्ताहरूले पैसा
७ असार, एजेन्सी । ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् । दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ वर्षीय युवक मङ्गलबार राति मृत अवस्थामा फेला परेको र यसपछिको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ । दक्षिणी
७ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ । क्यालिफोर्नियामा मङ्गलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले
७ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न
७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ । हरारे स्पोर्टस् क्लबको मैदानमा दिउँसो १२:४५ बजे सुरु हुने खेलमा नेपाल जितको लय जारी राख्ने लक्ष्यमा छ । वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय