Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

राष्ट्रिय किताब खानामा मन्त्री मोदीको अनुगमन


५ ,श्रावण ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताब खाना (निजामती) मा हिजो अनुगमन गरेका हुन् ।

किताब खानामा मन्त्री मोदीको हिजो दोस्रो पटक छड्के अनुगमन गरेको मन्त्रीका प्रेस संयोजक बुद्धि लोप्चनले जानकारी दिर् । अनुगमनका क्रममा मन्त्री मोदीले कर्मचारीहरू समयमा कार्यालयमा हाजिर भए/नभएको, कार्यकक्षमा कर्मचारी भए/नभएको लगायत कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए ।

सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताब खानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सबै कार्यालय कक्षको अवलोकनपश्चात मन्त्री मोदीले किताब खानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

“सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि तपाईँ हामी सबैका व्यवहारमा सेवाग्राहीले अनुभूति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।”

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताब खानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?