Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

राष्ट्रिय किताब खानामा मन्त्री मोदीको अनुगमन


५ ,श्रावण ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताब खाना (निजामती) मा हिजो अनुगमन गरेका हुन् ।

किताब खानामा मन्त्री मोदीको हिजो दोस्रो पटक छड्के अनुगमन गरेको मन्त्रीका प्रेस संयोजक बुद्धि लोप्चनले जानकारी दिर् । अनुगमनका क्रममा मन्त्री मोदीले कर्मचारीहरू समयमा कार्यालयमा हाजिर भए/नभएको, कार्यकक्षमा कर्मचारी भए/नभएको लगायत कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए ।

सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताब खानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सबै कार्यालय कक्षको अवलोकनपश्चात मन्त्री मोदीले किताब खानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

“सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि तपाईँ हामी सबैका व्यवहारमा सेवाग्राहीले अनुभूति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।”

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताब खानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?