Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा


४ ,श्रावण ,सोल । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ,” राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ । सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो ।

प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छभने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् ।

छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएक छन् । उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् ।

यदि प्योङयाङले आफ्नो आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारले नै जवाफ दिएर उसको शासन नै अन्त्य गर्ने चेतावनी गत अप्रिलमा सोल र वासिङगटनले दिएका थिए ।

योनहाप समाचार समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा उक्त सम्मेलन वासिङ्गटन नजिकैको क्याम्प डेभिडमा अगस्ट १८ मा हुने जनाइएको छ । गत मङ्गलबार आणविक हतियारयुक्त एक अमेरिकी पनडुब्बी बुसानको बन्दरगाहतर्फ गएको थियो ।

सन् १९८१ पछि पहिलोपटक अमेरिकी पनडुब्बी बुसान बन्दरगाहतिर गएको हो । प्योङयाङले गत साता लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । ठोस इन्धनबाट सञ्चालन हुने लामो दूरीको उक्त क्षेप्यास्त्र अमेरिकासम्म प्रहार गर्ने क्षमताको भएको बताइएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?