Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार


४ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहाँस्थित सबै सञ्चारमाध्यमको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा पत्रकारको क्षमता अभिवृद्धि, प्रवर्द्धनका लागि मस्यौदा तयारीमा जुटेको हो ।

मिडिया क्षेत्रको नियमन, प्रवर्द्धन र सहजीकरणका लागि कस्तो संरचना स्वरुप निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने कुरालाई विशेष ध्यान राखेर मस्यौदा तयार गरिने कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । “हामी एक सातासम्म आमसञ्चार विधेयकको मस्यौदा तयार गर्छौँ”, उनले भने, “उक्त मस्यौदालाई सम्पन्न बनाउन पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा विज्ञता एवं जानकार राख्ने पत्रकारलाई बोलाएर छलफल गर्छौँ र आवश्यक राय सुझाव लिएर समेट्छौँ ।”

विधेयक तयार गरी जतिसक्दो छिटो सदनमा लिने गतिका साथ सरकार अगाडि बढेको मन्त्री जिसीले बताए । आन्तरिक मामिला मन्त्रालयले यसअघि विधेयकका रूपमा सदनसम्म लिएको आमसञ्चार प्रतिष्ठान विधेयकलाई संशोधन गरी आमसञ्चार नीतिअन्तरगत नियमन, अध्ययन अनुसन्धान, प्रशिक्षण तथा प्रवर्द्धन हुने एकीकृत संरचना निर्माण गर्ने गरी विधेयक तयार गर्न थालिएको जनाएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?