१२ असार, एजेन्सी । युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि
१२ असार, काठमाडाैँ । काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त
१२ असार, काठमाडाैँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनको निवास नक्सालबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनलाई ललिता निवास प्रकरणका लागि अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । उनीमाथि ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणको आरोप
१२ असार, काठमाडाैँ । यात्रुको स्वागत र बिदाईको लागि तीन जना मात्रै जान पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूको भिडभाड अत्यधिक भएपछि विमानस्थलले यस्तो निर्णय गरेको हो । पछिल्लो समय विदेश जाने तथा आउने व्यक्तिहरूको संख्या बढ्दै जाँदा विमानस्थल परिसरमा भिडभाड बढिरहेको छ ।
१२ असार, एजेन्सी । इजिप्टको तटीय शहर अलेक्जान्ड्रियामा सोमबार एउटा १३ तले आवासीय भवन भत्किँदा कम्तिमा चार जना घाइते भएको बताइएको छ । त्यसैगरी दुर्घटनामा अरु थुप्रै भग्नावशेषमुनि फसेका छन् । उद्धार टोलीहरू भग्नावशेष हटाउन र जीवित व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगिसकेको अलेक्जान्ड्रियाका गभर्नर मोहम्मद ताहेरले राज्य सञ्चालित नाइल टिभीलाई बताएका
१२ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा
१२ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित
१२ असार, एजेन्सी । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का समर्थकहरूले स्टकहोममा भएको प्रदर्शनलाई रोक्न आग्रह गरेका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग आइतबार फोन वार्तामा एर्डोगानले आफ्नो देशले स्वीडेनको गठबन्धनमा सामेल हुने निर्णयप्रति आफ्नो "रचनात्मक दृष्टिकोण" जारी राखेको बताएका छन् । एर्दोगानले
१२ असार, ताप्लेजुङ । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन ।
१२ असार, म्याग्दी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् । परम्परागत तानमा