Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

पूर्वीनाकाबाट ६ अर्बको तरकारी र फलफूल आयात


९ श्रावण, काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरको फलफूल आयात भएको हो ।

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७९÷८० मा पूर्वी नाका हुँदै रु ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, रु ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र रु ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ ।

प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् । यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट रु ६८ करोड ५८ लाख मूल्य बराबरको छ सय ७१ मेट्रिकटन स्याउ र रु ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार पाँच सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ ।
भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट रु ३७ करोड चार लाख ६४ हजार मूल्य बराबरको सात हजार सात सय १८ मेट्रिकटन सुन्तला र रु १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको पाँच सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो ।

एक वर्षमा पूर्वी नाकाबाट रु १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र रु २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार सात सय ६३ मेट्रिकटन अनार आयात भएको थियो । पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?