काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले
काबुल बिष्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु भएको छ । अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी कार्यवाहकमन्त्री खलील रहमान हक्कानीको बिष्फोटका क्रममा मृत्यु भएको हो । मन्त्रालयको मुख्यालयभित्र भएको विस्फोटमा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले बताएका हुन् ।
काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मद र इथियोपियाका प्रधानमन्त्री अबी अहमदसँग बुधवार भेटवार्ता गरेका छन् । दुई हर्न अफ अफ्रिका राष्ट्रहरूबीच बढ्दो तनावलाई सम्बोधन गर्न नेताहरुबीच भेटवार्ता भएको हो । उच्चस्तरीय वार्तामा विदेशमन्त्री हाकान फिदान र रक्षामन्त्री यासर गुलेर लगायत टर्कीका उच्च अधिकारीहरूले भाग
काठमाडौँ । इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा हालैका घटनाक्रमका बारेम छलफल गरे । दुवै पक्षले सिरियामा स्थायित्व पुनःस्थापनाको लागि बाटो प्रशस्त गर्नका लागि कुनैपनि सिरियाली राष्ट्रिय घटक वा दलहरूलाई बहिष्कृत नगर्ने वृहत राजनीतिक प्रक्रिया अपनाउने महत्वमा जोड दिए । अब्देलाट्टीले सिरियाको सार्वभौमिकता, एकता र
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गरेका छन् । वाशिंगटनडिसीमा रहेको थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानहरूमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी देशहरूले ती शुल्कहरूको लागत वहन गर्नेछन् भन्ने
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदुषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् । नागरिकलाई बाहिर निस्किँदा मास्क लगाउन सल्लाह दिएका छन् । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले ढाकामा एक विज्ञप्ति जारी गर्दै ढाका र आसपासका क्षेत्रमा
ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए । ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी,अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ
कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन् । चालिस किलोमिटर साइकल चढेर दैनिक जसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो । यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले
काठमाडौँ। पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका छन्