Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सत्तामा पुगेपछि २८ अर्ब ऋण, पुराना दलको जस्तै व्यवहार भन्दै पुनले गरे आश्चर्य प्रकट


सत्तामा पुगेपछि २८ अर्ब ऋण, पुराना दलको जस्तै व्यवहार भन्दै पुनले गरे आश्चर्य प्रकट

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन् ।

सोमवार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउनेबित्तिकै २८ अर्ब रुपैयाँ ऋण लिएको भन्दै उनले आश्चर्य प्रकट गरेका छन् । पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वभाविक भएपनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘अहिलेका साथिहरु हामी ऋण लिदैनौँ । पुरानाहरुले मुलकलाई ऋणमा डुबाए भनेर उहाँहरु आउनुभएको हो । अनि आउँदाआउँदै एकैपटक २८ अर्ब ऋण लिनुभयो । यसबारे सरकारले जवाफ दिनेकुरा हो र जनताले बुझिहाल्छन् नि । ऋण लिन्नौँ भन्ने अनि आएकै दिन २८ अर्ब ऋण लिनेलाई जनताले पत्याउनुहुन्छ कसरी ? अहिले आवश्यकतामा ऋण लिनुपर्छ । त्यो मुख्य पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । देशको आवश्यकता पूर्वाधार छ रोजगारी सिर्जना छ । यस्तो कुरामा ऋण लिनुर्छ । तर ऋण लिएर फजुल खर्च गर्नुहुन्न भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो । यसको विरोध गरेरै आएका साथिहरु भएको कारण यसको जवाफ उहाँहरुले दिनुपर्छ ।’

उनले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?