Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिने सरकारी बिदा महत्वपूर्ण अवसर हो, व्यवसायीले अब प्याकेज ल्याउनुपर्छः जोशी


आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिने सरकारी बिदा महत्वपूर्ण अवसर हो, व्यवसायीले अब प्याकेज ल्याउनुपर्छः जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई लक्षित गरेर व्यवसायीहरुले प्याकेजहरु ल्याउनुपर्ने बताएका छन् ।

कुराकानीमा बोल्दै उनले दुई दिने सरकारी बिदा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताएका छन् । उनकाअनुसार विगतदेखि नै पर्यटन प्रवद्र्धनका लागि २ दिन बिदा दिन प्रश्ताव गरिएको थियो तर त्यो लागू हुन सकेको थिएन । हालको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । नेपालमा पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले ती क्षेत्रमा प्रत्यक्ष सहयोग पु¥याउनेछ । आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना पनि बढ्नेछ, जसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन आधार तयार गर्ने उनको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले भने,‘सरकारले दिएको २ दिने बिदालाई सकारात्मक रुपमा लिनुपर्छ । विगतमा यस्ता अभियान चलाउन पटकपटक सरकारलाई अनुरोध गर्दै आएका थियौँ । यसले एउटा आन्तरीक पर्यटन प्रवद्र्धन ठूलो टेवा दिन्छ । हस्पिटालिटी उद्योगमा धेरै लगानी भइसकेको छ । त्यसका लागि पनि सहयोग पुग्छ । दोस्रो आन्तरिक पर्यटन नयाँ ठाउँमा बढ्नु भनेको त्यसले नयाँ लगानी लैजानु पनि हो । त्यसले नयाँ लैजादै गर्दा त्यसले भविष्यका लागि अन्तराष्ट्रिय पर्यटक आउने बाटो बन्छ ।’

जोशीकाअनुसार अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पु¥याउनेछ । साथै, कर्मचारीले परिवारलाई समय दिन नपाउने र सामान्य घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था अब सुधार हुने अपेक्षा गरिएको छ । कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ छ ।

उनले भने ‘अहिले कर्मचारी, पढे लेखेको जुन बौद्धिक वर्ग छ, उनीहरुले अलिकति समय पाए भने उनीहरुले अरुलाई आइडिया सेयर गर्न सक्छन् । त्यसले गर्दा पनि अरु इकोनोमिक गतिविधिहरु चलायमान बनाउन पनि यसले सघाउ पु¥याउँछ । त्यो बाहेक परिवारमा समय दिन नसक्ने, घरका समान्य काम समेत गर्न नभ्याउँदा कर्मचारीलाई सरकारी काममा समेत असर गर्ने गथ्र्यो । अहिले कार्यालय समय बदलिएको छ त्यसले कर्मचारीको माइसेट नै परिवर्तन गर्नेछ ।’

पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै उहाँले सरकारी बिदालाई केन्द्रमा राखेर आकर्षक प्याकेजहरू ल्याए नेपाल पर्यटन बोर्डले प्रवद्र्धन बताउनु भयो । साथै, सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै बोर्डले यससम्बन्धी जनचेतनामूलक भिडियोहरू निर्माण गरिरहेको समेत जानकारी दिएका छन्।

उनले भने,‘आन्तरिक पर्यटन प्रवद्र्धन कसरी गर्नेबारे छलफल भएको थियो । नेपालीहरु नेपालभित्र घुम्ने ४–५ ओटा पर्वमा हो । ती मध्येको अर्को एक अवसर अब बनेको छ । नयाँ वर्ष आसपास, बच्चाबच्चिको विदा हुँदा र चाडपर्वमा नेपालीहरु घुमफिर गर्ने गरेकोमा अब अहिले अब सरकारले दिएको २ दिन बिदामा समेत घुमफिर गर्नसक्ने अवस्था बनेको छ । सरकारी बिदालाई लक्षित गरेर व्यवसायीहरुले प्याकेजहरु ल्याउन हामीले अनुरोध गर्दछौँ । ती क्याम्पेनहरु पर्यटन बोर्डले प्रवद्र्धन गर्छ । पर्यटन सेवामुखी व्यवसाय हो, पर्यटकको संख्या बढ्दै गर्दा सेवा गुणस्तरीय भएन भने त्यसले नकारात्मक असर पार्छ । बोर्डले केही महत्वपूर्ण भिडियोहरु पनि बनाउँदैछ । आतिथ्यता र हाइजीनलाई प्रवद्र्धन गर्न गरी भिडियोहरु बन्ने छ । धेरै ठाउँमा नेपाली पर्यटकहरु घुम्दै जाँदा राम्रो व्यवहार नहुने गरेको पनि देखिन्छ । टे«किङ गर्दा चकलेट, बिस्कुटका कागजहरु फाल्दिने र त्यसले वातावरण प्रदुषण भएको छ, यसका लागि पनि जनचेतना फैलाउनेछौँ ।’

प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालमा निर्णय र कार्यान्वयन प्रक्रियाको कमजोरीबारे पनि टिप्पणी गर्दै यसपटक नयाँ सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको प्रक्रियालाई उदाहरणीय भएको बताएका छन् । यसले अन्य संस्थाहरूलाई पनि छिटो र प्रभावकारी कार्यान्वयनतर्फ प्रेरित गर्नेछ ।


प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?