जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म
२१ फागुन, काठमाडाैँ। फिल्म 'छक्का पञ्जा ४'को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो । यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन्
२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानको पहल स्वरूप उनले छलफल सुरू गरेका हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजका कारण ऋणीले आत्महत्या समेत गर्न थालेका घटना बाहिरिरहेका छन् ।
२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हीतमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको बताए । उनले जनयुद्धमा जोसँग ४० बुँदे माग राखेर आन्दोलन सुरु
२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् । संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो । शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत
२१ फागुन, काठमाडाैँ। नेपाली महिलामात्रै सम्मिलित टोलीले काठमाडाैँ – युएई तर्फको उडान भरेका छन् । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको हो । पाइलट भावना पन्तले निगमको इतिहासमा पहिलो पटक यस्तो भएको बताइन्। उक्त उडानमा को – पाईलट शृजना रावत रहेकी थिइन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट
यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र
जिल्लास्तरीय चौबिसौँ जुनियर युवा रेडक्रस सर्कल (जुरेस) र शिक्षक नायक युवा रेडक्रस सर्कल (युरेस) को गोष्ठी नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी गर्दै सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा शुक्रबारदेखि सञ्चालित गोष्ठी समापनका अवसरमा रेडक्रसका नुवाकोट शाखा प्रमुख समुन्द्रबाबु अधिकारीले भावी रणनीति तय गर्दै आगामी वर्ष