Trending
>>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द >>   संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल >>   संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक >>   स्थानीयवासी भन्छन्ः अबको केही वर्षमा हिमाल पहाडी क्षेत्रका बस्ती खाली हुनेछन्
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

नेपाल क्रिकेट टोलीले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने, क्यानले गर्यो बिदाइ


२५ असार, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले  टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन् ।

नेपाली टोली आजै श्रीलङ्का प्रस्थान गर्दैछ । सो प्रतियोगिता भने यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह बीमा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान टोलीरहेका छन् । नेपालले आफनो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग यही असार २९ गते खेल्ने छ । त्यस्तै नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघि टोलीमा समावेश भएका आरिफ शेखले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् । उनले आफनो व्यक्तिगत समस्या देखाउँदै नाम फिर्ता लिएका छन् । अब उनको  स्थानमा  पवन सर्राफले प्रतियोगितमा सहभागिता जनाउनेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?