Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

काठमाडौँका साँघुरा गल्लीमा ब्लक छाप्न थालियो


२५ असार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुंगा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ।

महानगरपालिका–२५ ले ढुढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो। चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डंगोलले जानकारी दिए। ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उनले बताए।

ढुंगाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ। ढुंगा फुटेर समस्या हुने गरेकामा एशियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफैँ फेरिदिने सम्झौता गरिएकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिले बताए।

पहिले राखिएको ढुंगा निकालेर वडाले सुरक्षित राखेको छ। ढुंगाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ। बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुंगा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि त्यसो गर्नु नपर्ने बताउँछन्। ढुंगा फुटेर जनप्रतिनिधिलाई हुने समस्या पनि ब्लक छापेपछि समाधान हुने उनले सुनाए।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?