Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

काठमाडौँका साँघुरा गल्लीमा ब्लक छाप्न थालियो


२५ असार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुंगा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ।

महानगरपालिका–२५ ले ढुढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो। चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डंगोलले जानकारी दिए। ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उनले बताए।

ढुंगाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ। ढुंगा फुटेर समस्या हुने गरेकामा एशियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफैँ फेरिदिने सम्झौता गरिएकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिले बताए।

पहिले राखिएको ढुंगा निकालेर वडाले सुरक्षित राखेको छ। ढुंगाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ। बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुंगा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि त्यसो गर्नु नपर्ने बताउँछन्। ढुंगा फुटेर जनप्रतिनिधिलाई हुने समस्या पनि ब्लक छापेपछि समाधान हुने उनले सुनाए।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?