काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् । अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न
काठमाडौं । ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए । राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो । बाटो काट्ने क्रममा
बर्दिबास । मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा अन्तर्क्रिया भइरहेको छ । अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन
हान्झाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै
काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो । उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । दार्जिलिङमा जन्मिएकी उनले
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
१७ ,असोज ,जानकी (बाँके) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिएका छन् । अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको आज उदघाटन गर्दै उनले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा
१७ ,असोज ,काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एशियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा
१७ ,असोज ,सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित
१७ ,असोज ,काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद्