Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

१९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित


हान्झाउ ।  १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो । तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो । चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने अवसर पाएको हो ।

भारतसँग पराजित भएपछि नेपालले ९-१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।

 


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?