Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

१९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित


हान्झाउ ।  १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो । तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो । चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने अवसर पाएको हो ।

भारतसँग पराजित भएपछि नेपालले ९-१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।

 


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?