Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मधेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया


बर्दिबास । मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा अन्तर्क्रिया भइरहेको छ । अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् । प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधा व्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे जानकारी गराएका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्नसक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने सम्भावनासमेत उनीहरुले औंल्याएका छन् । साथै प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सूक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको जानकारी उनीहरुले गराएका छन् । अन्तर्क्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी छन् ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?