Trending
>>   कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव >>   एकले अर्कोलाई छेकेर देश चल्न सक्दैन : मेयर हर्क साम्पाङ >>   निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल ! >>   अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

समाचार


लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम

कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित

कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाँै बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभएको थियो । प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई

नवनियुक्त पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँलाई प्रधानमन्त्री दाहालले शपथ गराउनुभएको हो । मङ्गलबार राज्यमन्त्री नियुक्त हुनुभएका ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सक्नुभएको थिएन । सो अवसरमा

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी

धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन । कर्मचारीको व्यवस्था गरेर केन्द्र सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो । दुई

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ ।

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका

सम्वन्धित समाचारहरु