Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सिँचाइ कुलो भत्काउँदा खेत बाँझै


१३ असार, बैतडी । महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो ।

सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मङ्गोलाले बताए । अहिले डिम्मर र मटयानीका ४५ किसानको खेत बाँझै छ । उनले भने, “वर्षको तीन बाली उत्पादन हुने खेत अहिले बाँझै छ । रोपाइँ हुने समय हो, तर कुलो नभएपछि समस्या भएको छ ।”

यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मङ्गोलाले बताए । उनले भने, “गहुँ पाक्ने बेला सिँचाइ नभएर उत्पादनमा कमी भयो, अब रोपाइँको बेलामा पनि समस्या भएको छ ।”

मेसिनमा समस्या आएकाले उक्त क्षेत्रमा निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको काम हेर्ने आयुश चन्दले बताए । नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?