Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मदन भण्डारी कलेजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


१३ असार, काठमाडाैँ । मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ ।

कलेजले लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा मङ्गलबार आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

शिविरमा एक सय ३८ जना दाँतका, एक सय ७९ आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिए । यसैगरी सो स्वास्थ्य शिविरमा करिब चालिस दाताले दक्तदान गरेका थिए ।

मैनालीका अनुसार कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यका साथै काठमाडौँ महानगर–१० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताए । यही असार १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२औँ वार्षिकोत्सवको मुख्य कार्यक्रम हुँदैछ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?