Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ


१३ असार, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताएका छन् ।

रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन् । अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको बताएका छन् । यो अवैध षडयन्त्र भएको उनले दाबी गरेका छन् ।

उनले उक्त श्रव्य सामग्री ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफुहरूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गरेका छन् ।

यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उनले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागी सिर्जना गरेको हतियार भएको बताएका छन् ।

“विच हन्ट गर्ने उनीहरू ठग हुन्,” पूर्व राष्ट्रपति ट्रम्पले लेखेका छन् ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?