Trending
>>   बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल >>   जनार्दन शर्माको ‘नयाँ सपना’: रुकुममा समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता >>   मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य >>   सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्नुस् : राजेन्द्र लिङदेन >>   टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु >>   ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ >>   देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति >>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

समाचार


११ जिल्लाका सीडीओको हेरफेर,कसलाई कहाँ पठाइयो?

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको छ । विभागमा सहसचिव कोषहरि निरौलालाई पठाइएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा छन् । त्यस्तै ११ वटा जिल्लाका सीडीओको पनि हेरफेर गरिएको छ । हेर्नुस् सूची कसलाई कहाँ पठाइयो ?

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (संसद बैठक लाइभ)

काठमाडाैं । संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भइरहेकाे छ । संसदको प्रत्यक्ष प्रशारणः https://youtu.be/zwbGoLxO5Ao

संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले भने-‘रविमाथि सहकारीमा अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु

ओलीकाे कांग्रेसलाई प्रश्न-‘रविकाे सहकारीमा केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ?’

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ

अमेरिकन पेस्तोल बाेकेर नेपालमा लुटपाट गर्छन भारतीय डाँकाहरु !

काठमाडाैं । सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला सर्लाही बरहथवा ६ मगर टोल स्थितमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे हाे

महरा निलम्बनकाे बिषयले माओवादीमा लफडाः पदाधिकारी बैठकमा बाँडियो मत !

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउपछि निलम्बनकाे बिषयले माओवादीमा लफडा देखिएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा पदाधिकारीबीच मत बाँडिएकाे हाे । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति

एउटा यस्ताे आदेश जसले महरालाइ हस्पिटल नै हिरासत बनाउन अनुमति दियाे !

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई

पचुवार टिम्रेनीबेशीमा झ्यास जलाँउदा घरमा आगलागी

काभ्रेपलान्चोक । चौँरिदेउराली गाँउपालिका ८ पचुवार टिम्रेनीबेशी खेतमा रहेको झ्यास जलाउने क्रममा घरमा आगलागी भएको छ । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार आगो फैलिएको कारण बिष्णु घतानीको खरको घर पूर्ण रूपमा जलेको छ। त्यस्तै राम कुमार थापाको गोठ, सिंग वीर घतानीको गोठ र सानू बाबु कडेलको बगैंचा, खानेपानी पाईप लगायत

हिजो ४ हज़ार नभएकी माइलीलाई आज १८ लाख बढि सहयोग जुट्याे !

काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ १८ लाख बढी सहयाेग जुटेकाे छ । माईली राईलाई देश बिदेशमा हुने नेपालीहरुले अहिले सम्म सहयोग गरिसकेका छन् ।

एक्सनमा श्रममन्त्रीः खाेज्दैछन विदेशी जेल र अस्पतालमा भएका मजदुरको तथ्यांक !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिनु भएको छ । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिनु भएको हो

सम्वन्धित समाचारहरु