Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

असार ७ गते विश्व योग दिवस मनाउने सरकारको निर्णय


काठमाडाैं । सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग (yog for women Empowerment) भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो।

वैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ। विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ। योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको छ।

असार ७ गने सञ्चालन हुने मूल कार्यक्रम प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा एस ओ एस स्कुल सानो ठिमी भक्तपुरको हातामा सञ्चालन गर्ने र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ। मूल समारोहमा उपस्थितिका लागि नेपाल स्थित कूटनैतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय भएको छ।


प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?