Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा पूर्व राजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । भेटमा पूर्व राजदूत युहेले उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि समेत मन्त्री चौधरीलाई आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट ५ एशिया र अफ्रिकन देशमा उक्त कार्यक्रम सुरू हुन गइरहेको समेत जानकारी दिइएको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?