Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

युनाईटेड मोदी हाइड्रोपावरको १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित


काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज अर्थात जेठ २७ गते कालिमाटी ब्याङ्क्वेट काठमांडौमा भव्य र सभ्य रुपले सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् ।

कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मे. वा.) (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८०/१०/२२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १,२३,०५,००,०००/– बमोजिमको सेयर संख्या १,२३,०५,००० कित्ता सेयर बराबर सेयरका दरले १ः१ अनुपातमा हकप्रद शेयर जारी तथा निष्काशन गर्ने, हकप्रद सेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्घि गर्ने तथा निष्काशन पश्चात चुक्ता पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने तथा सो सम्बन्धि आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने छ।

यसैगरी , हकप्रद सेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड., कम्पनी रजिष्ट्रारको कार्यालय, लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा उर्जा उद्यमी एवम् कम्पनीका पूर्व अध्यक्ष नरेन्द्र बल्लभ पन्थको विशेष आथित्य रहेको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?