Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


बिहे गर्न नमानेपछि प्रेमिका र काकाको हत्या

१८ जेठ, काठमाडाैँ । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । आज बिहान

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले गरे कार्गो रेलको उद्घाटन

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ । बिहीबार हैदराबाद हाउसमा नेपाल–भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरु भएको हो । यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए । त्यस्तै बिहान महात्मा गान्धीको समाधिस्थल पुगेर

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

१८ जेठ, बागलुङ । बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य तथा वायुलगायत नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए पनि त्यहाँको उत्तरगङगा जलाशययुक्त आयोजना अगाडि बढाउन सकिएको

नेपालको लगातार दोश्रो जित, मलेसिया २७ रनले पराजित

१८ जेठ, काठमाडाैँ । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो । जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियामाथि

आमाले आँफू सहित २ छोरालाई खुवाइन् विष, १८ महिने छोराको मृत्यु

१८ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका -१५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी हुन्। पाख्रिनले बुधबार साँझ ५ बजेर ५० मिनेटमा आफू र छोराहरू सात वर्षीय छोरा अस्किन वाइबा र

‘टेलिस्कोप’ बनाउने तालिम सम्पन्न

१८ जेठ, काठमाडाैँ । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनका नेपाल

एमालेले शुक्रबारका लागि बोलायो सचिवालय बैठक

१८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

१८ जेठ, ताप्लेजुङ।  कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन् । उनिहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए । यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

१८ जेठ, काठमाडाैँ । सुनको मूल्यमा बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च रहेको नपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको छ । बुधबार एक लाख १२ हजार रुपियाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको

सम्वन्धित समाचारहरु