Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपालको लगातार दोश्रो जित, मलेसिया २७ रनले पराजित


१८ जेठ, काठमाडाैँ । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।

जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियामाथि सात विकेटको सानदार जित निकालेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट को क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन बनाइन् ।

विनिफ्रेड दुराईसिंघमले २० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी सिता रानामगर, इन्दु बर्मा र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । ज्योति पाण्डेले २३, सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाइन् ।

बलिङमा मलेसियाका निक नुर अतिएलाले दुई विकेट लिइन् । एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले एक एक विकेट लिइन् । नेपालले चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?