Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपालको लगातार दोश्रो जित, मलेसिया २७ रनले पराजित


१८ जेठ, काठमाडाैँ । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।

जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियामाथि सात विकेटको सानदार जित निकालेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट को क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन बनाइन् ।

विनिफ्रेड दुराईसिंघमले २० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी सिता रानामगर, इन्दु बर्मा र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । ज्योति पाण्डेले २३, सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाइन् ।

बलिङमा मलेसियाका निक नुर अतिएलाले दुई विकेट लिइन् । एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले एक एक विकेट लिइन् । नेपालले चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?