२३ ,असोज ,काठमाडौँ । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल
२३ ,असोज ,काठमाडौँ । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डाे पुलितीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनिहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको
२३ ,असोज ,काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापीरुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर
२३ ,असोज ,काठमाडौँ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको
२३ ,असोज ,काठमाडौँ । संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य एवं उपसमितिका संयोजक रमेश लेखकले समितिका सभापति विमला सुवेदीसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा मानव
२३ ,असोज ,काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छभने
२३ ,असोज ,काठमाडौँ । चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको
२३ ,असोज ,मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्बाट आज पारित भई
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो । आयोगले मानसिक स्वास्थ्यबाट पीडितहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आयोग सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ । आयोगका
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र