Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अर्थमन्त्री डा महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता


२३ ,असोज ,काठमाडौँ । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डाे पुलितीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनिहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको छ ।

निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको विकास गर्न र वित्तीय उपकरणहरू विविधिकरण गर्दै सार्वजनिक–निजी साझेदारी ढाँचामा परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा पनि उनिहरूबीच छलफल थियो ।

अर्थमन्त्री डा महतले निजी पूँजी आकर्षित गर्न सूचना तथा सञ्चार, कृषि व्यवसाय, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने प्रशस्त अवसर रहेका जनाउँदै स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

आइएफसीका उपाध्यक्ष पुलितीले लगानीको वातावरण बनाउन नेपाल सरकारले गरेका प्रयासको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सक्दो सहायोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?