Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अर्थमन्त्री डा महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता


२३ ,असोज ,काठमाडौँ । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डाे पुलितीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनिहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको छ ।

निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको विकास गर्न र वित्तीय उपकरणहरू विविधिकरण गर्दै सार्वजनिक–निजी साझेदारी ढाँचामा परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा पनि उनिहरूबीच छलफल थियो ।

अर्थमन्त्री डा महतले निजी पूँजी आकर्षित गर्न सूचना तथा सञ्चार, कृषि व्यवसाय, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने प्रशस्त अवसर रहेका जनाउँदै स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

आइएफसीका उपाध्यक्ष पुलितीले लगानीको वातावरण बनाउन नेपाल सरकारले गरेका प्रयासको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सक्दो सहायोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?