काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता सम्बन्धी अनुसन्धानमा वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाल विरुद्ध अदालतबाट पक्राउ अनुमति ल्याएको छ। स्रोतका अनुसार अनुसन्धानको क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा दाहाल र भट्टराई
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । पछिल्लो समय प्रधानमन्त्री दाहालले वीर अस्पतालमा नै दाँतको उपचार गराईरहेका छन् । उनको दाँतमा समस्या भएपछि यसअघि ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो ।
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालावन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरुलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरुको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो । ‘नेपाल
काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले यसै साताबाट काम थाल्ने भएको छ । सहकारी अपचलनमा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरूले संसदीय छानबिन समिति मागेर संसद् अवरुद्ध गरेपछि सरकारको सहमतिमा प्रतिनिधिसभाले मंगलबार सात सदस्यीय समिति गठन गरेको थियो । एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा गठित
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ आज आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले
गजल र चारु विधामा विद्यावारिधि गरेका डा. देवी पन्थी भन्छन् ‘गजल भनेको बहरमा हुन्छ । यो सातौं शताब्दीदेखि अहिलेको सय वर्षसम्म बहरमा देखियो । मोतीराम भट्टले १९४२ सालमा गजल बनारसबाट यहाँ ल्याउँदा बहरमै ल्याए । त्यसपछि शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी आदिले बहरमै लेखे । वि.स. १९८० सालपछि यो गजल चाहिँ
तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु .... यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषदको सभापति पदमा कोटेश्वर क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी चयन भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरे बमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन
सर्लाही । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न माग गरिएको छ। सर्लाहीको तत्कालीन मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौबाट कसुर प्रमाणित समेत भइसकेकोले राजनीतिक