Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारीअस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था छ : सांसद देवेन्द्र पौडेल


काठमाडौं । सरकारी अस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै सरकारी अस्पतालहरुको अनुगमनमा जोड दिन माओवादी सांसद देवेन्द्र पौडेलले आग्रह गरेका छन्।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अस्पतालमा निःशुल्क पाइने भनेका औषधिहरु अस्पताको फार्मेसीमा नपाइने तर बाहिर राखिएका फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै अनुगमनमा जोड दिन आग्रह गरेका छन्   ।

उनले सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा बिरामीहरु मनोवैज्ञानिक रुपमा झनै कमजोर हुने गरेको बताए । उनले केन्द्रिय वीर अस्पतालमै फोहोरको व्यवस्थापन नहुनु दुःखको विषय भएको बताएका छन् ।

उनले भने , ‘अस्पतालको अगाडि धेरैजसो दोकान नै दोकान छन्  । निःशुल्क पाउने भनेको औषधि अस्पतालको भित्र पसलमा हुँदैन । बाहिर पसलमा नकिनी दिँदैन । डाक्टरले यो ले भन्छ । अनुगमन गर्नुहोला । अस्पतालको अगाडि पट्टि भएका अरु थुप्रै फकर प्रकृतिका पसलहरु र मेडिकल सम्बन्धी पसलहरुको अनुगमन गर्नुहोला । अस्पताल परिसरभित्र फोहोरको व्यवस्थापन हुनुपर्छ । अस्पतालभित्र पसिसकेपछि सफा सुग्घर हुनुपर्छ नि । बिरामी मनोवैज्ञानिक रुपमा पनि अब निको हुन्छ, भन्ने अवस्था हुनुप¥यो । केन्द्रिय अस्पताल वीर अस्पतालमै त्यो नहुनु भनेको अनुगमनको क्षेत्र फितलो छ ।’

 


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?