Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

सरकारीअस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था छ : सांसद देवेन्द्र पौडेल


काठमाडौं । सरकारी अस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै सरकारी अस्पतालहरुको अनुगमनमा जोड दिन माओवादी सांसद देवेन्द्र पौडेलले आग्रह गरेका छन्।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अस्पतालमा निःशुल्क पाइने भनेका औषधिहरु अस्पताको फार्मेसीमा नपाइने तर बाहिर राखिएका फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै अनुगमनमा जोड दिन आग्रह गरेका छन्   ।

उनले सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा बिरामीहरु मनोवैज्ञानिक रुपमा झनै कमजोर हुने गरेको बताए । उनले केन्द्रिय वीर अस्पतालमै फोहोरको व्यवस्थापन नहुनु दुःखको विषय भएको बताएका छन् ।

उनले भने , ‘अस्पतालको अगाडि धेरैजसो दोकान नै दोकान छन्  । निःशुल्क पाउने भनेको औषधि अस्पतालको भित्र पसलमा हुँदैन । बाहिर पसलमा नकिनी दिँदैन । डाक्टरले यो ले भन्छ । अनुगमन गर्नुहोला । अस्पतालको अगाडि पट्टि भएका अरु थुप्रै फकर प्रकृतिका पसलहरु र मेडिकल सम्बन्धी पसलहरुको अनुगमन गर्नुहोला । अस्पताल परिसरभित्र फोहोरको व्यवस्थापन हुनुपर्छ । अस्पतालभित्र पसिसकेपछि सफा सुग्घर हुनुपर्छ नि । बिरामी मनोवैज्ञानिक रुपमा पनि अब निको हुन्छ, भन्ने अवस्था हुनुप¥यो । केन्द्रिय अस्पताल वीर अस्पतालमै त्यो नहुनु भनेको अनुगमनको क्षेत्र फितलो छ ।’

 


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?