Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ । उनले मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्वन गर्दै आवश्यक कानूनी सुधार भएको बताए । उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए । उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानको लागि सम्झौता भएको उल्लेख गरे ।

मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रुपमा सफल भएको दाबी गरे । उनले हिमाली क्षेत्रका जिविकोपर्जनको लागि यार्सागुम्बाको निकासीको लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि बताए । उनले वन क्षेत्रको वृद्धि, विस्तार काठको उपयोगमा समेत वृद्धि भएको दाबी गरे । उनले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको पनि बताए । मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए । उनले वनभित्र रहेका सडेगलेका रुखहरुको उपयोगमा बढावा दिइएको पनि बताए । उनले वन मन्त्रालयमार्फत एक वर्षको अवधीमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको पनि बताए ।

उनले भने, ‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि हामी केन्द्रित भएका छौं । वनभित्र रहेका सुकेका तथा कुहिएका काठहरुको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौं । यो वर्ष वन उद्यमशिलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’

उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए । उनले वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् । उनले विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाका समेत तयार पारिसकिएको बताए । मन्त्री ठकुरीले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विषेश पहल भएको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?