Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गरे । सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताए । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताए ।

मन्त्री पौडेलले भने, ‘सरकारी सबै कार्यालयलाई लामखुट्टेरहित, लार्भारहित बनाऔँ । यसको उत्पादन हुने आधारहरु हो, त्यसलाई नष्ट गरौँ । यो ४ महिना कुनैपनि निर्माणको काम नगरौँ । यो ४ महिना निर्माणका सामग्री यत्रतत्र फाल्ने काम नगरौँ । यो ४ महिना कहीँ पनि खाल्डो नखनौँ । यो ४ महिना कतैपनि पानी परेको छ भने त्यो जम्न नदिउँ । कहीँ टायरहरु छन् भने त्यसलाई व्यवस्थापन गरौँ । लार्भा उत्पादनका जति पनि आधार छन् ति सबै नष्ट गरौँ । यो गर्न धेरै नसकिने कुरा पनि होइन । हामीले हाम्रो कार्यालय जोगायाँै भने दर्जनौँ मान्छे जोगिन्छन् । ति दर्जनौँ मान्छे जोगिए भने समाज तुलनात्मक रुपमा सुरक्षित हुँदै जान्छ । ति मानिसहरुले आफूले गरेको काम अरुलाई भन्यो भने अझ बढी प्रचार प्रसार हुन्छ, प्रचार मेकानिजमलाई अझ प्रभावकारी बनाउँ । व्यक्तिमा चेतना फैलाउन जरुरी छ । संयुक्त ढंगबाट मिलेर यो अभियानलाई अघि बढाउनु पर्छ ।’

मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गरे । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताए । उनले सरकारी कार्यालयहरु सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताए । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गरे ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?