Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

गुलेन आन्दोलन विरुद्धको कारबाहीमा ९१० जना संदिग्ध पक्राउ


एजेन्सी। टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताए । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तहरूमा समन्वित छापा मारेर ५० जना संदिग्धहरूलाई पक्राउ गरेको छ । जसमध्ये ३३ जनालाई औपचारिक रूपमा पक्राउ गरिएको छ । पाँच जनालाई न्यायिक नियन्त्रणमा राखिएको छ भने बाँकीलाई कारबाही भइरहेको छ ।

ती व्यक्तिहरूलाई आन्दोलनको वर्तमान संरचना भित्र गतिविधिहरू सञ्चालन गर्ने, पेफोनमार्फत वरिष्ठ कार्यकर्ताहरूसँग सम्पर्क कायम राख्ने, आन्दोलनसँग संवद्ध संस्थाहरूलाई वित्तपोषण गर्ने र सामाजिक सञ्जालमा यसको प्रचार फैलाउने आरोप लगाइएको छ । टर्की सरकारले गुलेन आन्दोलनलाई आतंकवादी संगठनको रूपमा वर्गीकृत गरेको छ ।

जुलाई १५, २०१६ को कू प्रयासको लागि जिम्मेवार ठहराएको छ । जसमा २५० भन्दा बढी मानिसहरू मारिएका थिए । यो आन्दोलनको नेतृत्व टर्कीका धर्मगुरु फेतुल्लाह गुलेनले गरेका थिए । जो १९९९ देखि २०२४ मा आफ्नो मृत्यु नहोउन्जेल संयुक्त राज्य अमेरिकामा बस्दै आएका थिए । असफल कू पछिका वर्षहरूमा टर्कीका अधिकारीहरूले आन्दोलनसँग सम्बन्ध रहेको आरोपमा हजारौं संदिग्धहरूलाई पक्राउ गरेका छन् ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?