Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राहदानी सेवा अनिश्चित समयका लागि स्थगित


त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सहजीकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा अनिश्चित समयका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले अनिश्चित समयका लागि सेवा रोकिएको हो ।

“राहदानी विभागमार्फत प्रवाह हुने राहदानी सेवा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन संकलन र वितरणका लागि सहजीकरण हुने गरेको छ,” प्रजिअ अधिकारीले भने, “पछिल्ला दिनमा राहदानीको बायोमेट्रिक विवरण संकलनको सर्भर (नेटवर्क)मा लगातार समस्या देखिएकाले सेवाग्राहीलाई परेको समस्या मध्यनजर गर्दै तत्कालका लागि सेवा रोकिएको हो ।”

राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयबीचको सर्भरमा प्राविधिक समस्या देखिएको छ । सोही कारण बायोमेट्रिक विवरण संकलनमा कठिनाइले तत्कालका लागि राहदानीको आवेदन फाराम संकलन स्थगित गर्न बाध्य भएको प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।

प्रशासन कार्यालय नुवाकोटले दैनिक ८० जनादेखि एक सयसम्मको आवेदन संकलन गर्दै आइरहेको थियो । छपाइ भएर प्राप्त भएको राहदानीको वितरण कार्य भने सञ्चालन रहेको कार्यालय जनाएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?