काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ । शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम
काठमाडौँ। इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रवार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । यो नतिजासँगै जारी च्याम्पियनसिपमा घरेलु टोली नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्दी पायो । नेपालले समूह
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् । शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए। उनले मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गरे
काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको ब्रिफिङ पार्टीलाई गरेकी छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय अधिकारीहरूसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् । उनले आफ्नो भ्रमणको सकारात्मक
काठमाडौँ । दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेका काँग्रेस महामन्त्री विश्वप्रकाशले ल्याएको प्रस्ताव संविधानको व्यवस्थाभन्दा विपरीत भएको भन्दै आलोचना भएको छ। काँग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाशको आलोचना गर्दै भने, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको
काठमाडौँ । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् । शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग गर्दै आन्दोलन गरेको हो । उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने
काठमाडौँ । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा हिजो राती १ः२० मा पहिरोमा परेर मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू रहेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।
काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा ६ जना कर्मचारी मागेको छ। बोर्डले सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा कर्मचारी माग गरेको छ। आवेदन दिन इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत र दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको छ।