Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक : मन्त्री अधिकारी


काठमाडौँ । कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको कृषि तथा पशुपन्छी विकासका मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा मन्त्री अधिकारीले सरकारले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका छन् ।

मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ।”

उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए ।मुलुकको समग्र अवस्था र राजनीतिक स्थितिका बिच आर्थिक अवस्थाले धेरै हदसम्म सीमितता ल्याउनुक साथै इच्छा र आवश्यकतालाई पूरा गर्न केही समस्या आइरहेका उनले जानकारी दिएका छन्

अर्को वर्षको रणनीतिक र गन्तव्य तयार गर्दै केही जनाहरू बनाइरहेको छ। आगामी वर्षका रणनीतिक र गन्तव्य लागि प्रस्ताव गरिएका योजनाहरूको सम्बन्धमा कृषक र कृषिविद् विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुनाले कृषि मन्त्रालयले केहि नयाँ तयारी गरिरहेको मन्त्री अधिकारीले बताए।

उनले भने, “हामीले आगामी वर्षका लागि नयाँ रणनीति र योजनाहरू तयार गर्दैछौं र यसमा तपाईंहरूको सुझाव र योगदान आवश्यक छ। कृषिमा हुने समस्याहरूको समाधान गर्न र कृषि क्षेत्रमा प्रगति ल्याउनका लागि सबैको साथ र सहयोग आवश्यक छ।”

कृषिमा गर्ने सुधारका लागि दीर्घकालीन र व्यावहारिक उपायहरू अपनाउनुक साथै कृषिमा गरेको लगानी र सुधारको प्रक्रियामा सरकारले कृषकहरूलाई प्राथमिकता दिने करामा मन्त्री अधिकारीले पुष्टि गरे।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?