काठमाडौं। मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार बिहान आर जे २९ जीवी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगति टोलमा पल्टिएको थियो ।
काठमाडौं। अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका छन् । “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी
काठमाडौं। आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो भने नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले
काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ । उक्त पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यले प्रदेश तथा जिल्लाबाट सदस्यता नवीकरण गराउँदा अनिवार्यरुपमा यही फागुन २० गतेभित्र नवीकरण गराउँन पार्टीले सर्कुलर जारी गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी
गण्डकी। गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् । समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी
काठमाडौं। चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । उक्त जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् । त्यसैगरी, गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरू धेरै छन् भने गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् । उनले भने, यदि सरकारसँग पैसा छैन भने माननीय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर
र्कीतिपुर,काठमाडौं। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । उक्त विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ कुरा गर्दै उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो
काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुङ्गो लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक
काठमाडौं। नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि कालीमाटी वृत्तका प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । उक्त महासंघका सचिव रोशन पुरीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो घटनाले स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर रहेको बताएका