Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

‘सिप मेला’ मा सहकार्य गर्न उपप्रमुख डंगोलसँग डच फाउन्डेसन सोसियल डिपलपमेन्टका प्रतिनिधिको भेटवार्ता


काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताउनुभएको छ । आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उहाँकै कार्यकक्षमा भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताउनुभयो ।

उहाँहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरुसँग सहकार्य हुन सक्ने धारणा राख्नुभयो । ‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरुलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङ्मा जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । विद्यालयहरुमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी हो । यस क्षेत्रमा सहकार्य गर्न हामी तयार छौँ । उहाँहरुको भनाइ थियो ।

सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राख्नुभएको छ । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’छलफलका क्रममा श्रम बजारको आवश्यकताअनुसारका तालिम सञ्चालन गर्नु पर्ने, तालिम दिएपछि रोजगार वा स्वरोजगार हुन पनि सहयोग गर्नु पर्ने विषयमा छलफल भएको थियो ।


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?