काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन
काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । “हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई बताए ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक
सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि संकटमा पर्न थालेको हो । चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग
मोरङ । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५-३ गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा-११ ले रु. आठ लाख नगदसहित ट्रफी
सिरहा । उद्योग वाणिज्य संघ सिरहा सुखीपुर शाखाको ५औँ कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयप्रसाद गुप्ताले चार सय ९१ मत पाए । यादव प्यानलबाट प्रथम उपाध्यक्षमा राकेश पूर्वेले छ सय
जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु. आठ करोड बराबरको संरचनामा क्षति भएको छ । नहर संरचनामा भएको क्षतिका कारण सिँचाई कार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ । पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमिनमा
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज
आज मिति २०८१ साल कार्तिक ११ गते आइतबार ( 27 oct,2024) कार्तिक कृष्णपक्ष दशमी ०७:४३ बजेसम्म, त्यसपछी एकादशी मेष – घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ। बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ। छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न।