Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

निन्द्रामा झस्किनु हुन्छ? अपनाउनुस यी प्रभावकारी उपायहरु !


काठमाडौँ। निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ।

प्रायः मानसिक तनाव तथा चिन्ताका कारणले निद्रामा झस्किने समस्या आउन सक्छ। यस्तो समस्या भएका व्यक्तिमा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो समस्या हुन्छ । यो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिन्छ। बच्चामा यस्तो समस्या देखिनुलाई सामान्य रुपमा लिनुपर्छ। ठूलो हुँदै गएपछि यो समस्या विस्तारै हट्दै जान्छ।

उमेर भइसकेपछि धेरै समस्या भयो भने डाक्टर सँग पर्रामर्स लिई रोगको उपचार गरिसकेपछि झस्कने समस्या पनि विस्तारै हट्दै जान्छ।

सुत्ने तालिका बनाउने

१. सुत्ने बेलामा कफी, रक्सी सेवन नगर्ने।

२. सुत्ने कोठामा बसेर पढ्ने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या उत्पन्न हुन्छ।

३.सुत्ने कोठाको हल्का कलरको प्रयोग गर्ने।

४.धेरै चिन्ता, तनाव नलिने।

५.दिउँसो सुत्ने बानी छ भने हटाउने।

६.सकभर निद्रा लाग्ने औषधि सेवन नगर्ने।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?