Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाटन अस्पतालको शवगृहको स्तरोन्नति, अब २४ वटा शव राख्न मिल्ने


काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति भएको हो । शवगृहमा ४ वटा शव राख्न मिल्ने थियो भने अब २४ वटा शव राख्न सकिन्छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए । महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै भने, ‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिन्नौँ ।’

उनले पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र यस स्वास्थ्य केन्द्र सञ्चालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेका बताए ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?