काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् । पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा
कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो । ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एक परिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका-३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् । कान्छा नगरकोटीकी श्रीमती सीता दंगाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला
धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन्। प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर गाेकुलेश्वरतर्फ फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप बिहान ४ दुर्घटनामा परेकाे प्रहरीले जानकारी दिएको छ । जिप
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भु-भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ। आज दिउँसो कोशी प्रदेश,
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई
कास्की । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ
काठमाडौँ । नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको गौचनको आत्माको चीर शान्तिको कामना गर्दै उनको परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्
चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी
नयाँ दिल्ली । विमानभित्र बम राखिएको धम्की आएपछि इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ । सो विमानभित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेको प्रहरीले बताएको छ । नागपुरबाट कोलकताका लागि उडेको बिमान भित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेका थिए। विमानस्थलका अधिकारीहरूले