Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक


काठमाडौँ। नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् । विवाहको परिवेशमा गीत तयार पारिएको छ । गीतमा विवाहको बिदाईको क्षणलाई देखाइएको छ । यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन्। गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन्। संगीत संयोजन शम्भुजित बास्कोटाको हो । भिडिओको कोरियोग्राफर पनि निर्देशक दीवाकर भट्टराई स्वयं हुन् ।

फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?